काठमाडौं । सोमबार सेयर बजारमा परिसूचक उच्च अंकले बढेर बन्द भयो । अधिकांश कम्पनी सबै उपसूचकको सेयर मूल्यमा हरियाली छाएको दिन दुई कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो ।
आज सेयर बजारमा जम्मा १२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसमध्ये उपकार लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्तको सेयर मूल्य ४८४ रुपैयाँले घटेर ४ हजार ३५६ रुपैयाँ पुगेको छ । त्यस्तै सामुदायिक लघुवित्तको सेयर मूल्य पनि २३५ रुपैयाँ २० पैसाले घटेर २ हजार ११७ रुपैयाँ ८० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा एसबिएल डिबेन्चर २०८२, एनआईसी एशिया ऋणपत्र २०८८ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ रहेका छन् । आजको कारोबार बन्द हुँदा एसविएल डिबेन्चरको सेयर मूल्य ५.५० प्रतिशत अर्थात् ६३ रुपैयाँ ६० पैसाले घटेर १ हजार ९२ रुपैयाँ ८० पैसा पुगेको छ ।
आजको कारोबार बन्द हुँदा एनआईसी एशिया ऋणपत्रको सेयर मूल्यमा पनि ३३ रुपैयाँले घटेर १ हजार ५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०५ प्रतिशतले कम हो । ग्लोबल आईएमई ब्यालेन्स फण्डको सेयर मूल्य पनि २.९६ प्रतिशत अर्थात् ०.३० रुपैयाँले घटेर ९ रुपैयाँ ८४ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्