काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ दशमलव ६५ अंकले बढेको हो ।
यो सेसनको कारोबार पछि नेप्से परिसूचक २६५४ दशमलव ३४ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५० अंकले बढेर ४५२ दशमलव १० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ८४ कम्पनीका १६ हजार २६ कित्ता सेयर १५८ पटक खरिद बिक्री हुँदा १ करोड १३ लाख ५५ हजार ६७ रुपैयाँ ३० पैसाको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्