Skip to content
Prabhu

पहिलो त्रैमाससम्म प्रभु इन्स्योरेन्सको लगानी साढे २ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न क्षेत्रमा गरी कुल २ अर्ब ४५ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा ६० करोड १८ लाख रुपैयाँ लगानी गरेको छ। त्यस्तै ख वर्गको बैकमा १५ करोड ९५ लाख रुपैयाँ र ग वर्गको बैंकमा २ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ।

यस कम्पनीले सूचीकृत कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा ६ करोड रुपैयाँ लगानी गरेको छ भने कृषि उत्पादन, सौर्य ऊर्जा, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ४ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ।

त्यसैगरी २ करोड ६३ लाख रुपैयाँ नागरिक लगानी कोष र म्युचुअल फण्डमा लगानी गरेको छ भने १ करोड रुपैयाँ इन्भेष्टमेन्ट कम्पनीको सेयरमा लगानी गरेको छ।

त्यस्तै कम्पनीले अन्य लगानीअन्तर्गत सर्वाधिक १ अर्ब ४० करोड १५ लाख रुपैयाँ लगानी गरेको छ भने सरकारी बचतपत्र तथा ऋणपत्रमा ५० लाख रुपैयाँ लगानी गरेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal