Skip to content
Prabhu

नेप्से घट्दा पनि बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट नै लागेको हो ।

आज बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य ८७ रुपैयाँ ३० पैसाले बढेर ९६० रुपैयाँ ३० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो वा गिरावट आयो भने त्यो कम्पनीको सेयरमा सर्किट लाग्ने गर्छ ।

त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा अपर मादी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स र नेपाल एसबिआई बैंक छन् ।

आजको कारोबार बन्द हुँदा अपर मादीको सेयर मूल्य ८.८७ प्रतिशत अर्थात् १२३ रुपैयाँले बढेर १ हजार ५०९ रुपैयाँ पुगेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८७ रुपैयाँले बढेर १ हजार ७५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.८१ प्रतिशतले बढी हो ।

त्यस्तै आज सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य पनि २१५ रुपैयाँले बढेर २ हजार ७७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.४१ प्रतिशतले धेरै हो । त्यस्तै आज नेपाल एसविआई बैंकको सेयर मूल्य पनि ७.३० प्रतिशत अर्थात् ३१ रुपैयाँ ३० पैसाले बढेर ४६० रुपैयाँ पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal