काठमाडौं । उच्च अदालत पाटनले सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डलाई आफ्नो भूमिकाको विषयमा प्रश्न उठाएको छ ।
सेयर बजारको नियमनकारी निकायको रुपमा बोर्डले रिलायन्स रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङबाट सार्वजनिक निष्कासन(आइपीओ)को अनुमति दिएको थियो ।
संस्थागत लगानीकर्ताले गरेको आवेदन अनुसार रिलायन्सले प्रतिकित्ता ८२० दरले सर्वसाधारणलाई सेयर निष्कासन गर्न लागेको थियो ।
तर,अदालत तथा संसदीय समितिको निर्देशनको कारण संस्थागत लगानीकर्ताले आवेदन दिएपनि यो रोकिएको छ ।
उच्च अदालत, पाटनले प्राथमिक सेयर निष्कासनमा नेपाल धितोपत्र बोर्डको नियामकीय भूमिकामा प्रश्न उठाएको छ । रिलायन्सको आइपीओ विरुद्ध परेको मुद्दामा धितोपत्र बोर्डले जिम्मेवारी पूरा नगरेको निचोड अदालतले निकालेको हो । रिलायन्सको आइपीओ विरुद्ध परेको मुद्दामा उच्च अदालतका न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले सेयर निष्कासन रोक्न माग गर्दै परेको मुद्दा खारेज गरेको थियो । तर,हालै सार्वजनिक भएको पूर्णपाठमा भने नियामक निकायको भूमिकामा अदालतले प्रश्न गरेको छ ।
प्रतिक्रिया दिनुहोस्