Skip to content
Prabhu

बलेफी हाइड्रोको हकप्रद सेयर बाँडफाँड

काठमाडौं । बलेफी हाइड्रोपावरले गत मंसिर २७ देखि पुस १७ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर पुस २८ गते आइतबार बाँडफाँड गरेको छ । कम्पनीले कात्तिक २० गतेसम्म कायम सेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।

बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका ५३ हजार ५७ जना आवेदकलाई १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ । बाँडफाँडपछि बाँकी रहेको १७ लाख ९८ हजार ६५६ कित्ता सेयर अब कम्पनीले लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal