Skip to content

विजय लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । लघुवित्तको १६ औँ साधारणसभा सोमबार काभ्रेपलाञ्चोकस्थित धुलिखेल लज रिर्सोट साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष लोकबहादुर खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत पेश गरेका थिए । साभारण सभाको छलफल शत्रमा भाग लिदै केही सेयर सदस्यहरुले संस्था राम्रो अवस्थामा नै रहेको र आगामी दिनमा अझ राम्रो गर्नु पर्ने भन्दै सुझाव दिएका थिए ।

Hyundai

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । यसैगरी लघुवित्तको संस्थापक सेयरलाई नियमानुसार सर्वसाधारण सेयरमा परिणत गर्न प्रयोजनका लागि आवश्यक प्रक्रिया सुरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ भने कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्