Skip to content

माघ १३ गते निष्क्रिय कर्जा व्यवस्थापन सम्मेलन

काठमाडौं। फिन्टेकको आयोजनामा एकदिने निष्क्रिय कर्जा व्यवस्थासम्बन्धी सम्मेलन आगामी माघ १३ गते काठमाडौंमा आयोजना गरिने भएको छ।

सो सम्मेलनमा भारतको बैंक अफ बरोडाका पूर्वरिकभरी व्यवस्थापक र साथै भारतीय ऋण असुली न्यायाधिकरणका पूर्वन्यायाधीश रमेशकुमार महालियनले आफ्नो कार्यपत्र र अनुभव प्रस्तुत गर्ने छन्।

अग्रज र अनुभवी नेपाली बैंकिङविज्ञ पर्शुराम कुँवर क्षत्री, अजय श्रेष्ठ, प्रद्युमन पोखरेल र मनोज ज्ञवालीले पनि कार्यक्रमलाई सम्बोधन गर्ने छन्। यस्तै, पूर्वअर्थसचिव रामेश्वर खनालले आफ्नो विचार व्यक्त गर्ने छन्।

निष्क्रिय कर्जा व्यवस्थापनमा प्रविधि प्रयोगसम्बन्धी विषयमा पनि छलफल हुनेछ। काठमाडौं फिन्टेक बैंकिङ, वित्त, नेतृत्व र प्रविधिको ज्ञान एवं व्यावहारिक प्रयोग क्षेत्रमा काम गर्न स्थापित संस्था हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima