Skip to content
Prabhu

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्स

काटमाठौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ६९ अंकले बढेको हो । आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५९६ दशमलव ८२ विन्दुमा पुगेको छ ।

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव १५ अंकले घटेर ४४१ दशमलव २६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ४२ कम्पनीका ३ हजार ७७६ कित्ता सेयर ८४ पटक खरिब बिक्री हुँदा ३० लाख १३ हजार ८९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal