Skip to content

बीमा कम्पनी : जीवनभन्दा निर्जीवनको सेयर मूल्य बढी, कुन कम्पनीको सेयर मूल्य कति ?

काठमाडौं । अहिले नेपालमा १४ वटा जवनी बीमा र १४ वटा निर्जीवन बीमा कम्पनी गरी २८ वटा बीमा कम्पनी सञ्चालमा रहेका छन् । २८ वटा कम्पनीभए पनि नेप्सेमा सूचीकृत बीमा कम्पनीको संख्या भने २६ वटा मात्रै रहेको छ । दोस्रो बजारमा २६ कम्पनीमध्ये ३ वटा कम्पनीको मात्रै सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि रहेको छ । त्यसमा पनि एक कम्पनीको सेयर मूल्य १४ हजारभन्दा बढी रहेको छ ।

आजको कारोबार बन्द हुँदा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सबैभन्दा बढी १४ हजार ७०० रुपैयाँ रहेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनी तर्फ एनएलजी इन्स्योरेका सेयर मूल्य पनि १ हजार ५ रुपैयाँ रहेको छ । भने जीवन बीमा कम्पनीहरुमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को सेयर मूल्य सबैभन्दा बढी १ हजार १०७ रुपैयाँ १० पैसा रहेको छ । यी कम्पनीबाहेक अरु सबै कम्पनीको सेयर मूल्य हजारभन्दा तल रहेको छ ।

Hyundai

बुधबारको कारोबार बन्द हुँदा जीवन बीमा कम्पनीहरु तर्फ एलआई नेपाल पछि सबैभन्दा धेरै सेयर मूल्य भएको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हो । यो कम्पनीको सेयर मूल्य ८०७ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै बुधबारको कारोबार बन्द हुँदा दोस्रो बजारमा एशियन लाइफ इन्स्योरेन्स सेयर मूल्य ७११ रुपैयाँ रहेको छ ।

बुधबारको कारोबार बन्द हुँदा आइएमई लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४६९ रुपैयाँ पुगेको छ । त्यस्तै प्रभु महालक्ष्मी लाइफको सेयर मूल्य ५५६ रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५११ रुपैयाँ, सूर्यज्योति लाइफको सेयर मूल्य ४४६ रुपैयाँ र सनु नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ६२२ रुपैयाँ रहेको छ । बुधबारको कारोबार बन्द हुँदा हिमालयन लाइफको सेयर मूल्य ४५० रुपैयाँ पुगेको छ । त्यस्तै नेशनल लाइफको ५८९ रुपैयाँ ८० पैसा, सिटिजन्स लाइफको ६९५ रुपैयाँ र सानिमा रिलायन्स लाइफको सेयर मूल्य ४१८ रुपैयाँ पुगेको छ ।

त्यस्तै निर्जीव बीमा कम्पनी तर्फ राष्ट्रिय बीमा कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीपछि धेरै सेयर मूल्य हुने कम्पनी प्रभु इन्स्योरेन्सको प्रतिकित्ता सेयर मूल्य ९८० रुपैयाँ रहेको छ । बुधबारको कारोबार बन्द हुँदा नेको इन्स्योरेन्को सेयर मूल्य दोस्रो बजारमा ९२५ रुपैयाँ पुगेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को सेयर मूल्य ७२६ रुपैयाँ, शिखर इन्स्योरेन्सको ७९३ रुपैयाँ ५० पैसा र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य दोस्रो बजारमा ८२१ रुपैयाँ रहेको छ ।

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ६०६ रुपैयाँ २० पैसा, आइजीआई प्रुडेन्सीयल इन्स्योरेन्सको ५६६ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ९६१ रुपैयाँ, सानिमा जिआइसीको सेयर मूल्य ६७१ रुपैयाँ र युनाइटेड अजोडको सेयर मूल्य ६३५ रुपैयाँ रहेको छ ।

बुधबारको कारोबार बन्द हुँदाको सेयर मूल्यका आधारमा जीवन बीमा कम्पनीको भन्दा निर्जीवन बीमा कम्पनीको सेयर मूल्य धेरै रहेको छ । जीवन बीमा कम्पनीहरुमध्ये अधिकांशको सेयर मूल्य ४०० देखि ८०० को हाराहरीमा रहेको छ । निर्जीवन बीमा कम्पनकिो सेयर मूल्य भने ६०० देखि ९०० को हाराहारीमा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्