Skip to content
Prabhu

११८ सहकारीमा राखेको ४ अर्ब बचत फिर्ता माग्दै महानगरमा ६ हजार बढीको निवेदन

काठमाडौं। काठमाडौं महानगरपालिकाको सहकारी विभागमा ६ हजार २ सय ६६ जना बचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन माग दाबीसहित निवेदन दिएका छन् ।

महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो माग दाबी गरेका हुन् ।

महानगर कार्यक्षेत्र भएका सहकारीबाट भएको बदमासीपछि अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारी बचतकर्ताले बचत मागेको महानगरले जनाएको छ।

महानगर कार्यक्षेत्र भएका १ हजार ९ सय १७ वटा सहकारी संस्था छन्। यीमध्ये सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा १ हजार ७ सय ४४ संस्था दर्ता छन्।

संघीय सरकारअन्तर्गतको सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग महानगरपालिकाको सहकारी विभाग प्रमुख नमराज ढकालले सहकारी क्षेत्रका वर्तमान सवाल र समाधानका लागि सहकार्यका विषयमा कुरा गर्दै यससम्बन्धी जानकारी दिए ।

तर, वार्षिक प्रतिवेदन बुझाउनेको संख्या ८ सय ३८ मात्र रहेको महानगरको तथ्यांकमा उल्लेख छ। तत्कालीन डिभिजन सहकारी कार्यालयले गर्दै आएका काम २०७५ साउन १ गतेदेखि महानगरमा हस्तान्तरण गरिएको थियो।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal