Skip to content

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व संकलन

अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा सम्पत्ति करबाट एक करोड ९२ लाख ६७ हजार रुपैयाँ, भूमिकर÷मालपोतबाट एक करोड २३ लाख ६८ हजार रुपैयाँ, बहालकरबाट तीन करोड ५२ लाख ८३ हजार रुपैयाँ, अन्य राजस्वबाट तीन करोड ५२ लाख १२ हजार रुपैयाँ, व्यवसाय करबाट दुई करोड ७९ लाख ७९ हजार र नक्सापास दस्तुरबाट एक करोड ६५ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए ।

Hyundai

उनका अनुसार सिफारिस दस्तुरबाट ८३ लाख ५६ हजार रुपैयाँ, सरकारी सम्पत्तिको बहालबाट ४६ लाख ८३ हजार रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३८ लाख ६१ हजार रुपैयाँ, बेरुजुबापत १३ लाख ४२ हजार रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबाट १३ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

व्यक्तिगत घटना दर्ताबाट सात लाख सात हजार रुपैयाँ, परीक्षा शुल्कबाट सात लाख १६ हजार रुपैयाँ, अन्य सामग्री बिक्रीबाट दुई लाख ३४ हजार रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट दुई लाख नौ हजार रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानीबाट एक लाख ७९ हजार रुपैयाँ, न्यायिक दस्तुरबाट रु दुई हजार र बाँकी रकम अन्य दस्तुर शीर्षकबाट सङ्कलन भएको उहाँले जानकारी दिए।

राजस्व शाखा प्रमुख ओझाका अनुसार गत आवको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत आवको सो अवधिको तुलनामा चालु आवमा रु ९५ लाख सात हजार आठ सय ७९ ले बढी राजस्व सङ्कलन भएको उनले जानकारी दिए।

उपमहानगरले गत आवको छ महिनामा १६ करोड पाँच लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको ओझाले जानकारी दिए । राजस्व सङ्कलनमा कडाइ हुनुका साथै करका दायरा फराकिलो हुँदै जाँदा राजस्व सङ्कलन वृद्धि भएको उनको भनाइ थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्