Skip to content

सेयर बजार सम्वन्धि शंकास्पद सामाग्री देखिएमा जानकारी गराउन नेप्सेको अनुरोध

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भ्रमित सूचना फैलाउन खोज्नेहरूसँग सचेत रहन अनुरोध गरेको छ । जारी गरिएको विज्ञप्तिमा केही दिनदेखि नेप्सेको नाम दिएर सामाजिक सन्जालमा भ्रम फैलाउन खोजिएको उल्लेछ छ।

बिज्ञप्तिमा भनिएको छ, नप्सेको नाममा सामाजिक सन्जालहरूमा सेयर बजार सम्वन्धि भ्रामक तथा अनाधिकृत सामाग्री,स्टक टिप,सेयर किनवेचको शिफारिस, नक्कली भिडियो, अडियो लगागत झूठा दावीहरू देखिन थालेका छन्,त्यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोवलमा प्रतिकूल असर पर्छ।

विज्ञप्तिमा नेप्सेले कुनै पनि धितोपत्र किन्न, बेच्न सिफारिस नदिने, प्रतिफलको ग्यारेण्टी नगर्ने, खरीद तथा बिक्री मूल्य नतोक्ने उल्लेख गर्दै सामाजिक सन्जालमा भइरहेको गतिविधि दण्डनीय रहेको उल्लेख छ । नेप्सेले नेप्सेको आधिकारिक वेभसाइटमा आधिकारिक विवरण राख्ने भएकाले भ्रमित सूचनाको पछि नलाग्न र शेयर बजार सम्वन्धि शंकास्पद सामाग्री फेला परे जानकारी दिन पनि अनुरोध गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima