Skip to content

एनएसीको न्यारोबडी सि-चेक गर्न १३ गते चीन लगिंदै

nabil
global ime

काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी)ले ९ एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज सि-चेकका लागि माघ १३ गते आइतबार चीन लगिने भएको छ।

सि-चेकका लागि निगमले छनोट गरेको कम्पनी ‘चाइना साउदर्नुलाई नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएसँगै न्यारोबडीलाई चीन लैजान लागेको निगमले जनाएको छ।

विगतमा निगमले प्राधिकरणको अनुमति बिना नै कम्पनी छनोट गरी सि-चेकका लागि लैजाँदा प्राधिकरणले निगमलाई स्पष्टीकरण सोधेको थियो।

‘यसपटक न्यारोबडी जहाज सि-चेकका लागि चाइना साउर्थन कम्पनीमा लगिँदै छ। यसका लागि निगमले अनुमति मागेको थियो,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘प्राधिकरणले जहाज चीन लैजान अनुमति दिइसकेको छ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima