Skip to content

सुनचाँदीको मूल्यमा लगातार महंगिदै, सातामा ३५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । पछिल्लो समय फेरि सुनचाँदीको मूल्य बढ्दै गएको छ । सरकारले भन्सार शुल्कमा १० प्रतिशत कम गरेपछि घटेको सुनको मूल्य पछिल्लो समय फेरि बढ्दै गएको हो ।

यो सातामा मात्रै सुनकाु मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले महंगो भएको छ । यो साताको पहिलो दिन सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने साताको अन्तिम दिन शुक्रबार १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस साताको दुई दिन मात्र सुनको मूल्य सामान्य घटेको थियो । सोमबार सुन प्रतितोला १०० रूपैयाँले सस्तिएर १ लाख ५७ हजार रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, बिहीबार पनि सुन तोलामा ४०० रूपैयाँले घटेर प्रतितोला १ लाख ५९ हजार ६०० रूपैयाँमा झरेको थियो । त्यसबाहेकका दिन भने सुनको मूल्य महंगिएको थियो ।

यसैगरी, नेपाली बजारमा चाँदीको भाउ वृद्धि भएको छ । आइतबार चाँदी तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँ पुगेको छ । यसरी, सातारभमा चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको महासंघको तथ्यांकमा देखिन्छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्