Skip to content

३ युवाले गुल्मीमा खोले २ करोडमा पानी उद्योग

nabil bank

गुल्मी । रोजगारीको सिलसिलामा पछिल्लो समयमा कैयौं युवा विदेसिएको अवस्थामा यहाँका युवाले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालन गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका तीन युवाले मिलेर गाउँमै दुई करोड रुपैयाँ लगानी गरेर आधुनिक पानी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

सँगैका साथीहरु रोजगारीका लागि विदेशीय पनि आफूहरुले गाउँमै लगानी गरेर पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले रेसुङ्गा–३ स्थित बेहोरेमा उद्योग सञ्चालन गरेको रेसुङ्गा जल प्रालिका अध्यक्ष सन्तोष कुँवरले बताउनुभयो । रेसुङ्गा–३ का कुँवर, वडा नं ६ का राम पन्थी एवं वडा नं २ का विश्वास पुन गरी तीन युवाले रेसुङ्गाको पानीलाई प्रशोधन गरी ब्रान्डिङ गरेर ‘रेसुङ्गा आक्वा’ नामको शुद्ध पानी बजारमा ल्याएका छन्।

उक्त उद्योगको आज उद्घाटन गर्दै नगर प्रमुख खिलध्वज पन्थीले देशमा केही छैन भनेर गलत भाष्य निर्माण गरी विदेश जाने युवालाई रेसुङ्गाका तीन युवाले गाउँमै उद्योग स्थापना गरेर स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको बताए । उनले यसरी उद्यम गर्ने युवालाई नगरपालिकाका तर्फबाट प्रोत्साहन गर्दै सक्दो सहयोग गर्ने नीति रहेको बताए ।

उद्योग स्थापनापछि चार महिनासम्म पानीको परीक्षण गरेपछि व्यावसायिक रुपमा उक्त पानी बजारमा आएको हो । उद्योगमा प्रतिघण्टा दुई हजार लिटर पानी उत्पादन गर्ने क्षमता भए पनि अहिले प्रतिघण्टा एक हजार ५०० लिटर मात्र उत्पादन गरिएको छ । उद्योगमा हाल आधा लिटर र एक लिटरका साथै २० लिटरको जारमासमेत पानी उपलब्ध गराइएको रेसुङ्गा जल प्रालिका अध्यक्ष कुँवरले जानकारी दिए । उद्योगबाट उत्पादित पानी पहिलो चरणमा जिल्लामै खपत गर्ने बताइएको छ ।

युवा उद्यमी मध्येका कुँवर सिभिल इञ्जिनियर, पन्थी मेकानिकल इञ्जिनियर र पुन प्राविधिक क्षेत्रमा काम गर्ने युवा छन् । माध्यमिक तहसम्म एउटै विद्यालयमा सँगै अध्ययन गरेका तीन जना साथीको आपसी सल्लाहमा आफ्नै ठाउँमा केही नयाँ काम गर्ने सोंचले पानी उद्योग सञ्चालनमा ल्याएको रेसुङ्गा जल प्रालिका सञ्चालक पन्थीले बताए । गुल्मीमा पहिलो पटक यसरी युवाले पानी उद्योग स्थापना गरेसँगै सबैले उनीहरुको कामको सह्राना गर्न थालेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi