काठमाडौं । आज सेयर बजार १४ अंकले घटेर कारोबार बन्द हुँदा ४ वटा विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा कर्पोरेटको सेयर मूल्य १० प्रतिशत अर्थात् २७४ रुपैयाँ ९० पैसाले घटेर २ हजार ४७४ रुपैयाँ १० पैसा पुगेको छ ।
त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १८० रुपैयाँ १० पैसाले घटेर १ हजार ६२१ रुपैयाँ २० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि १० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मुल्य आज १२१ रुपैयाँ ३० पैसाले घटेर १ हजार ९१ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य आज १३८ रुपैयाँ ९० पैसाले घटेर १ हजार २५१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले कम हो । आज धौलागिरी लघुवित्तको सेयर मूल्य ९० रुपैयाँले घटेर १ हजार ७९६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.७७ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्