काठमाडौं । उपप्रधान एव्म अर्थमन्त्री बिष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको खर्चको आकार संसोधन हुने सार्वजनिक गरेका छन् ।
वर्षमान पुनले जेठ १५ मा १८ खर्ब ६० अर्बको बजेट ल्याएमो बजेटको मध्यावधी समिक्षामा १६ खर्ब ९२ अर्ब खर्च हुने संसोधित अनुमान गरेका छन् ।
जसमा चालु तर्फ १० खर्ब २९ अर्ब खर्च हुने घोषणा गरेकोमा संसोधित अनुमान ९ खर्ब २८ अर्ब,विकास तर्फ २ खर्ब ९० अर्ब घोषणा गरेकोमा २ खर्ब ५५ अर्ब हुने संसोधित हुने अनुमान गरिएको छ । वित्तीय व्यवस्थामा ३ खर्ब ६३ अर्ब खर्च अनुमान गरिएकोमा शतप्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
अनुदानसहित १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा अअर्थमन्त्री पौडेलले १२ खर्ब ८६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेका छन्। यस्तै यस अवधिमा आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ र बाह्य ऋण १ खर्ब ६८ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य राखेका छन्।
प्रतिक्रिया दिनुहोस्