Skip to content

यती एयरलाइन्समा जन्ती जाँदा बेहुला–बेहुलीलाई निःशुल्क टिकट

काठमाडौं । यती एयरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत जन्तीले यती एयरलाइन्समार्फत् यात्रा गर्दा बेहुला–बेहुलीले हवाई टिकट निःशुल्क प्राप्त गर्नेछन्।

यस योजनाले हवाई यात्रामार्फत् जन्ती जाने परम्परालाई प्रबर्द्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य राखेको एयरलाइन्सले जनाएको छ। साथै, जन्तीका प्रत्येक सदस्यले पाँच केजी थप ब्यागेज सुविधासमेत पाउनेछन्।

यो योजना फागुन महिनाभर लागू हुने यतीले बताएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T