काठमाडौं । शिखर इन्स्योरेन्सको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले ममात्रै लाभांश पाउने छन् ।
यसैले लगानीकर्ताहरुले कम्पनीको लाभांश लिने वा नलिने निर्णय भने आजै गर्नुपर्नेछ । लाभांश लिन चाहनेले कम्पनीको सेयर खरिद गर्नुपर्नेछ छ भने लिन नचाहनेले बिक्री गर्नुपर्नेछ । कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित गर्न फागुन १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीको हाल २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी छ । जसको २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस तथा कर तिर्न १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस्