Skip to content
Prabhu

सानिमा बैंकद्वारा विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

यसै क्रममा सानिमा बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका–१, कोइरेलगाउँस्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालय र १२५ वटा एटिएम सञ्चालनमा छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्