Skip to content

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सातौं एग्रिटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो हुँदै

nabil
global ime

काठमाडौं ।  काठमाडौंको भृकुटीमण्डपमा सातौं नेपाल एग्रिटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो फागुन २ देखि ४ गतेसम्म आयोजना हुने भएको छ। नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरूको प्रदर्शनी स्टल रहने आयोजकले जानकारी दिएका छन्।

मिडिया स्पेस सोलुसन्स प्रालि,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्त रूपमा सातौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पोको आयोजना गर्न लागेको हो।

प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रबर्द्धकको मुख्य भूमिकाको रूपमा रहेको र सहयोगी संस्थाहरूमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेड तथा राष्ट्रिय कृषक समूह महासंघ नेपाल रहेको आयोजकले जानकारी दिएको छ।

प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपक्षी पालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउन प्रदर्शनी आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

एक्सपोमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले जानकारी दिएको छ।

मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग(अलग समूह स्टल रहने र प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको आयोजकले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima