Skip to content
Prabhu

अर्थ मन्त्रालयले लक्ष्यअनुसार राजस्व नउठेपछि काट्यो तल्लो सरकारमा जाने अनुदान

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिना (साउन–पुस) सम्म सरकारले लक्ष्यको ८४.३३ प्रतिशतमात्र राजस्व उठेपछि तल्ला सरकारमा जाने वित्तीय समानीकरण अनुदान कटौती गरेको छ । मन्त्रालयले २३ माघमा महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेख्दै राजस्व लक्ष्यको अनुपातमा अनुदान हस्तान्तरण गर्न पत्र लेखेको थियो ।

सोहीअनुसार प्रदेश र स्थानीय तहलाई तेस्रो किस्ताबापत विनियोजित रकमको १३.२४ प्रतिशतले हुन आउने रकम हस्तान्तरण गर्न महालेखा नियन्त्रकको कार्यालयले सोमबार सूचित गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्