Skip to content

सेयर बजार १९ अंकले बढ्यो, कारोबार ९ अर्बमाथि

काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले बढेर बन्द भएको छ ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६९८ दशमलव ०३ विन्दुमा पुगेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५४ अंकले बढेर ४५३ दशमलव ४२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये २ वटा उपसूचको सेयर मूल्य घटेको छ भने ११ वटा उपसूचको सेयर मूल्य बढेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ९२ करोड माथिको कारोबार भएको बजारमा आज ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २६६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०९ कम्पनीका २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर ९६ हजार २८२ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।

आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उएटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्