Skip to content
Prabhu

सेयर बजारमा हरियाली छाएको दिन ६ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजार साढे १९ अंकले बढेर कारोबार बन्द हुँदा आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

आजको कारोबार बन्द हुँदा विन नेपाल लघुवित्तको सेयर मूल्य २७० रुपैयाँ ५० पैसाले बढेर २ हजार ९७६ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज गुराँस लघुवित्त, नेपाल फाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले बढेको हो । आज गुराँस लघुवित्तको सेयर मूल्य २३८ रुपैयाँ १० पैसाले बढेर २ हजार ६ सय १९ रुपैयाँ १० पैसा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज नेपाल फाइनान्सको सेयर मूल्य पनि ७३ रुपैयाँ ६० पैसाले बढेर ८०९ रुपैयाँ ८० पैसा पुगेको छ । आइतबार जानकी फाइनान्सको सेयर मूल्य ५२ रुपैयाँ ५० पैसाले बढेर ५७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् ४८ रुपैयाँ ४० पैसाले बढेर ५३३ रुपैयाँ पुगको छ । आज पोखरा फाइनान्सको सेयर मूल्य ४४ रुपैयाँ २० पैसाले बढेर ४८७ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९८ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्