काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २९७ रुपैयाँ ६० पैसाले बढेर कारोबार बन्द भएको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।
अघिल्लो दिन पनि यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट नै लागेको थियो । आज यो अवस्था समग्र सेयर बजार परिसूचक पनि १९ दशमलव ३० अंकले बढेर २७१७ दशमलव ३४ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ९९ करोड भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्