काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा गुराँश लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि विन नेपाल लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।
आज गुराँश लघुवित्तको सेयर मूल्य २६१ रुपैयाँ ९० पैसाले बढेर २ हजार ८८१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा सेयर बजार परिसूचक पनि १४ दशमलव ६० अंकले बढेर २७१२ दशमलव ६३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब ३५ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्