Skip to content

सुनको मूल्य तोलामा ७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा ७०० रुपैयाँले वृद्धि भएको छ ।
मंगलबार प्रतितोला सुन एक लाख ६८ हजार ७०० रुपैयाँ मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T