Skip to content

आजबाट अण्डाको मूल्य प्रतिक्रेट ३५ रुपैयाँले घट्यो

फाइल फोटो

काठमाडौं ।  आजबाट बजारमा अण्डाको मूल्य घटाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। ‘हामीले आज बैठक बसेर भोलिबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका छौं,’ उनले भने।

बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार न्यूनतम प्रतिक्रेट ३० रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाइएको छ।

मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट ३ सय ५०, ठूलो अण्डा ३ सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट ३ सय ८५ रुपैयाँ पर्ने भएको छ। यसअघि ठूलो अण्डा ४ सय, मध्यम ३ सय ८५ र एक्स–एल अण्डा ४ सय १५ रुपैयाँ थियो। यो किसानले पाउने मूल्य हो।उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उनले बताए।

ुउत्पादन धेरै भएर, किसानलाई फाइदा भएर मूल्य घटाएको होइन, उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धा भएकाले मूल्य घटाउन परेको हो।’ उनले तुरून्तै अण्डाको मूल्य बढ्ने जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T