Skip to content

चौधरी ग्रुपले नेपाली बजारमा भित्र्यायो मोटोराला

nabil
global ime

काठमाडौं। मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाइल बजारको पछिल्लो लय समाउँदै एकपछि अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ।

यसै परिवेशमा मोबाइल बजारमा आक्रमक प्रवेशको तयारी गरिरहेको चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको हो। यससँगै नेपाली मोबाईल बजारमा चौधरी ग्रुपले बलियो प्रभुत्व जनाउने भएको छ।

अत्यन्तै आक्रमक बजारीकरणमा अगाडि बढिरहेको मोटोरोलाले आफ्ना स्मार्टफोनहरु आमउपभोक्ताको सरल पहुँचमा ल्याउन निक्कै प्रतिस्पर्धी मूल्य निर्धारण गर्दै आएको छ।

कुनै पनि किसिमका ब्लोटवेयर नभएका एण्डरोइट स्मार्टफोनको प्रिमियम अनुभूतीका लागि मोटोरोलाले स्टक एण्डरोइड अपरेटिङ सिस्टमको अनुभव दिलाउँछ। मूल्यका आधारमा उच्चतम फिचरहरु प्रदान गर्ने मोटोरोलाले प्रोडक्ट डिजाईनमा नयाँ बेन्चमार्क स्थापना गर्न सफल भएको छ।

मोटोरोला नेपालका विजनेस हेड विनय जोशीका अनुसार मोटोरोलाले नेपाली बजारमा नयाँ बेन्चमार्क निर्धारण गर्ने लक्ष्यका साथ बजारमा आफ्ना स्मार्टफोनहरु उतारेको हो ।

जोशी भन्छन्, ‘मोटोरोलाले मोबाइल बजारमा कायम राखेको लिगेसीको निरन्तरताको प्रत्याभूती नेपाली उपभोक्ताले पाउने छन्। बजारमा स्मार्टफोन ल्याउनु पूर्व हामीले ताम्राकार कम्प्लेक्समा ग्राहक सेवा केन्द्रको स्थापना गरिसकेका थियौं । हामीले भारतीय बजारसँग समानान्तर मूल्य निर्धारण गरेका छौं। जुन निक्कै प्रतिस्पर्धी हो। हामी नेपाली बजार र उपभोक्ता सन्तुष्टि प्रति प्रतिबद्ध रहेका छौं।’

नेपाली बजारमा सबैभन्दा एफोर्डेबल फाइभ जिस्मार्ट फोन मोटो जी४५, मिडरेन्ज क्याटेगोरीको लिडर मानिएको मोटो एज फिफ्टी फ्युजन, निक्कै प्रिमियम र एफोर्डेबल फिल्प फोन मोटो रेजर फिफ्टी जस्ता मोडलहरु लिएर नेपाली बजारमा प्रतिस्पर्धामा उत्रिएको मोटोरोलो सजिलै नेपाली बजारमा अग्रस्थान हाँसिल गर्ने देखिन्छ ।

मोटोरोलाका सबै फाइभ जिस्मार्ट फोन आआफ्नो क्याटोगोरीमा मूल्य र स्पेसिफिकेसनका आधारमा क्याटोगोरी लिडर रहेको कम्पनीले दाबी गरेको छ ।
नेपाली बजारका लागि प्राथमिकता सहित विशेष मूल्य निर्धारण गरेको मोटोरोलाका स्मार्टफोनहरु रिटेल आउटलेट तथा सिजी डिजिटल तथा दराज लगायतका अनलाईन प्लेटफर्ममा समेत उपलब्ध छन् ।

यहाँ स्मरणीय छ चौधरी ग्रुपअन्तर्गतको सिजी मोबाइलले मोटोरोलालाई नेपाली बजारमा भित्र्याएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima