काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा दिउसो पौने २ बजेको कारोबार अवधिमा यो कम्पनीमा सर्किट लागेको हो ।
समग्र बजार परिसूचक बढेर कारोबार भइरहँदा यो कम्पनीको सेयर मूल्य ३९५ रुपैयाँले घटेर ३ हजार ५५५ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजर परिसूचक १६ दशमलव ३८ अंकले बढेर २७६० दशमलव १३ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ८ अर्ब १४ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्