Skip to content

द्रूतमार्गको भौतिक प्रगति ३८ र वित्तीय प्रगति ३९ प्रतिशत

जानकारी दिनुहुँदै उपरथी अधिकारी काठमाडौँ, ११ फागुनः नेपाली सेनाद्वारा आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा गत साउनदेखि हालसम्मको कार्यप्रगतिबारे जानकारी दिनुहुँदै युद्ध कार्य विभागका महानिर्देशक उपरथी प्रेम ध्वज अधिकारी । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको काठमाडौँ–तराई मधेस द्र्रूतमार्गका भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ ।

नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा  कुल ७०.९७७ किमी दूरीको उक्त आयोजनाअन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेका जानकारी दिइयो । अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिए। विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको उनले बताए।

अर्घाखाँची सिमेन्ट
Hyundai

आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्तिसम्बन्धी विवाद अझै टुङ्गिसकेको छैन । राजधानीबाट तराई जोड्ने छोटो दूरीको उक्त आयोजना सम्पन्न भएपछि तराईबाट काठमाडौँ ल्याउन सामानको ढुवानी लागत घट्ने मात्र नभई मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने अपेक्षासहित आयोजना प्रारम्भ गरिएको हो । उक्त आयोजना नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको प्रमुख शाहले बताए ।

यसैबीच मुलुकमा सुरक्षा, रक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन गराउने उद्देश्यका साथ निर्माण सुरु गरिएको प्रतिरक्षा विश्वविद्यालयको हालसम्मको भौतिक प्रगति ३०।५२ र वितीय प्रगति २५।७५ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्