Skip to content

यती एयरलाइन्समा उडान भर्दा क्रोकोडाइल लगेज तथा ब्यागप्याक उपहार पाइने

nabil
global ime

काठमाडौं । यती एयरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाइल लगेज तथा ब्यागप्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् । फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एयरलाइन्सबाट यात्रा गर्ने यात्रुहरुले क्रोकोडाइल लगेजको खरिदमा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन् ।

यती एयरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् । यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिकसम्म रहनेछ ।

अनलाइनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाइल लगेज नेपालको आधिकारीक फेसवुक पेज वा इन्स्टाग्राम पेजमार्फत खरिद गरी प्राप्त छुटका लागि डेलिभरीको समयमा यती एयरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन् । क्रोकोडाइल लगेजका आधिकारीक विक्रेता देशैभरि रहेका छन् भने ब्राण्डको फ्ल्यागसिप स्टोर भने काठमाडौंको कान्तिपथ र ललितपुरको कुपण्डोलमा रहेको छ ।

१९४७ मा स्थापना भएको क्रोकोडाइल लगेज तथा ब्याकप्याकको ग्लोबल ब्राण्ड हो। सन् १९९८ देखि नेपाली बजारमा निरन्तर विक्री वितरण भइरहेको क्रोकोडाइल प्रिमियम उत्पादन र एफोर्डेबल प्राइसिङ्का लागि आम उपभोक्ता माझ लोकप्रिय रहँदै आएको छ ।

पाँच वर्षका वारेन्टी प्रदान गरिएका क्रोकोडाईल नेपाली लगेज बजारको नेतृत्वकर्ता ब्राण्ड भएको बताउँदै कम्पनीका निर्देशक वासु सर्राफ भन्छन्, ‘हामीले दोस्रो पुस्ताको रुपमा लगेजको ब्यापार गरिरहेका छौं । गुणस्तरीय उत्पादन र उपभोक्ता सन्तुष्टिका लागि हामीले निरन्तर गरेको मिहेनतको प्रतिफल स्वरुप आज हामीले बलियो ब्राण्ड इमेज बनाउन सफल भएका हौं ।’

उनी थप्छन्, ‘उपभोक्तालाई अझ एफोर्डेबल प्राईस उपलब्ध गराउन सकियोस् भनेर ब्राण्डसँग विशेष अनुरोधमा यती एयरलाइन्सका यात्रुहरुलाई हामीले यो छुट प्रदान गर्न सफल भएका हौं ।’

यती एयरलाइन्स र क्रोकोडाइल लगेज विचको यो सहकार्यले यती एयरलाइन्सका यात्रुले पाउने विशेष छुटका अलावा प्रत्येक हप्ता क्रोकोडाइल ब्यागप्याक तथा प्रत्येक १५ दिनमा क्रोकोडाइल क्याविन लगेज उपहार स्वरुप जित्न सक्नेछन् । यती एयरलाइन्सले आफ्ना यात्रुहरु विच गर्ने ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरी उपहारहरु प्रदान गरिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima