Skip to content

यूएसएडका ४२ सय कर्मचारीलाई बिदा,१६ सय बर्खास्त

वासिङटन । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ। संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग अर्थात् यूएसएडका ४ हजार २ सय कर्मचारीलाई बिदा दिइएको हो।

कम्तीमा १ हजार ६ सय कर्मचारीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ। यीमध्ये कति कर्मचारीलाई पुनः नियुक्त गरिनेछ भन्ने कुरा अझै स्पष्ट छैन। ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन इलोन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डज) योजनाअन्तर्गत कर्मचारीहरूको संख्या घटाउने प्रयास गरिरहेको छ।

एक अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनामा ​​रोक लगाएका थिए, तर शुक्रबार यो प्रतिबन्ध स्थायी नहुने बताए। सन् १९६१ मा स्थापना भएको यूएसएआईडीमा कटौती गर्नुअघि झन्डै १० हजार कर्मचारी थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T