Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई स्टे होटलमा २० प्रतिशतसम्म छुट

nabil bank

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक र सुर्खेतको वीरेन्द्रनगरस्थित स्टे होटल भ्याली भ्यूबीच ग्राहक र कर्मचारीलाई सेवा–सुविधामा छुट दिने सम्झौता भएको छ।

उक्त सम्झौतापछि बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा डेबिड कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेज भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। बैंक कर्मचारीलाई २० प्रतिशत छुट दिइनेछ।

उक्त सम्झौतापत्रमा बैंकका नेपालगन्ज क्लस्टर प्रमुख जयन्द्रबहादुर खड्का र स्टे होटल भ्याली भ्यूका एमडी तर्कबहादुर शाहीले हस्ताक्षर गरेका थिए। बैंकले हाल १ सय १२ शाखा र ३० एटिएममार्फत सेवा दिँदै आएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime