काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्