Skip to content
Prabhu

प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से

काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेर कारोबार भएको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ६० अंकले बढेर २८२२ दशमलव ७४ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ । त्यस्तै एक कम्पनीको भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ५१ कम्पनीका ११ हजार ४३७ कित्ता सेयर ११९ पटक खरिद बिक्री हुँदा ९४ लाख ६० हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५० अंकले बढेर ४७० दशमलव ०७ विन्दुमा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्