Skip to content
Prabhu

सेयर बजार घट्दा पनि ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार बन्द हुँदा पनि तीन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १५२ रुपैयाँले बढेर १ हजार ६७२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै भूगोल इनर्जीको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ६७ रुपैयाँ ६० पैसाले बढेर ७४३ रुपैयाँ ६० पैसा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज उपकार लघुवित्तको सेयर मूल्य पनि ४२० रुपैयाँले बढेर ४ हजार ६३० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ९.९८ प्रतिशतले बढी हो । आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा राप्ती हाइड्रो एण्ड जनरल र महालक्ष्मी विकास बैंक रहेका छन् ।

राप्ती हाइड्रो एण्ड जनरलको सेयर मूल्य आज ९.९१ प्रतिशत अर्थात् ६३ रुपैयाँले बढेर ६९९ रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकको सेयर मूल्य ३१ रुपैयाँ २० पैसाले बढेर ४२९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ७.८४ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्