Skip to content
Prabhu

सेयर बजार घटेकाे दिन एउटा कम्पनीमा नकारात्मक सर्किट, यी हुन धेरै घट्ने ५ कम्पनी

काठमाडौं । सेयर बजार घटेको दिन बिहीबार एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । आजको १३२ कम्पनीको सेयर मूल्य घटेको दिन नविल डिबेन्चर २०८२ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य आज १२४ रुपैयाँ ८० पैसाले घटेर १ हजार १२३ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै घट्ने कम्पनीहरुमा गुराँस लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), गरिमा समृद्धि योजना र प्राइम डिबेन्चर २०८८ रहेका छन् । आज गुराँस लघु वित्तको सेयर मूल्य २५३ रुपैयाँ ३० पैसाले घटेर ३ हजार ८० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.६० प्रतिशतले कम हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज आइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को सेयर मूल्य ६.३५ प्रतिशत अर्थात् ८० रुपैयाँले घटेर १ हजार १८० रुपैयाँ पुगेको छ । आज गरिमा समृद्धि योजनाको सेयर मूल्य पनि ०.५१ रुपैयाँले घटेर ९ रुपैयाँ ३५ पैसा पुगेको छ ।

यो अघिल्लो दिनको भन्दा ५.१७ प्रतिशतले कम हो । बिहीबार प्राइम कमर्सियल डिबेन्चरको सेयर मूल्य ५२ रुपैयाँ ४० पैसाले घटेर १ हजार ९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५९ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्