Skip to content
Prabhu

दुई तिहाईको सरकारलाई बिचौलियाले चलाइरहेका छन् : पूर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार बिचौलियाहरूले चलाइरहेको आरोप लगाउका छन् । प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले शासन सञ्चालन गर्न नसकेको बताउँदै ‘सरकारको दुई तिहाईको घोडा बिचौलियाले चलाइरहेको आरोप लगाएका हुन् ।

उनले सरकारी नियुक्ति, निर्णय तथा नीतिहरू बिचौलियाहरूको निर्देशनअनुसार हुने गरेको दाबी गर्दै भने, ‘तपाईंहरूले गर्ने नियुक्ति र सेटिङ सरकारको होइन, बिचौलियाहरूको निर्णय बमोजिम भइरहेको छ। पछिल्लो आठ महिनामा एउटा मात्र नीति, निर्णय, वा नियुक्ति देखाउनुस्, जसको पछाडि बिचौलियाको हात छैन ।’

अर्घाखाँची सिमेन्ट
Hyundai

प्रचण्डले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पार्दै राजावादीहरूलाई लोकतन्त्रभित्रै आफ्नो स्थान खोज्न आग्रह गरे । ‘राजावादीलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्। हामीलाई कुनै आपत्ति छैन,’ उनले भने । उनले लोकतन्त्र सबै राजनीतिक दलहरूको साझा मूल्य भएकाले असंवैधानिक बाटो खोजिए पुनः क्रान्ति हुन सक्ने चेतावनी दिए । ‘लोकतन्त्र प्रचण्डको मात्रै होइन, ज्ञानेन्द्रको पनि हो। असंवैधानिक बाटो खोजिए भने इतिहासले क्रान्तिलाई दोहोर्याउनेछ’ उनले भने ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्