Skip to content

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन हालसम्मकै उच्च मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै अघिल्लो दिन ५० रुपैयाँ बढेको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार ५० रुपैयाँ पुगेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्