काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ५१ अंकले घटेको हो ।
यो सेसन पछि नेप्से परिसूचक २७३५ दशमलव ९७ विन्दुमा पुगेको छ । आइतबारको प्रि ओपन सेसनमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य आजको उक्त सेसनमा स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २५ अंकले घटेर ४५८ दशमलव ७७ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४६ कम्पनीका १८ हजार ४७२ कित्ता सेयर ९९ पटक खरिद बिक्री हुँदा ९८ लाख ९५ हजार ७७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्