Skip to content
Prabhu

२०८२ सालमा बैंकका कर्मचारीलाई ४७ दिन बिदा

काठमाडौं । बैंकिङ क्षेत्रका कर्मचारीले २०८२ सालमा ४७ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ सालको बिदा तालिकाअनुसार बैंकिङ क्षेत्रका कर्मचारीले वर्षभर शनिबार बाहेक ४७ दिन बिदा पाउने भएका हुन् ।

जसमा ३२ दिनको सामान्य बिदा रहेको छ भने बाँकी ५ दिनको बिदा सरकारले तोकेको दिनमा हुने गरी व्यवस्था गरिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद उल फित्र, बकर इद, सुरुवा पावनी, मोहम्मद जयन्ती र गुरु नानक जयन्तीको दिन तोकिएको छैन ।

global
अर्घाखाँची सिमेन्ट

दशैंमा ६ र तिहारमा ५ दिन बिदा तय गरिएको छ । यद्यपि, १२ पर्वका लागि बिदा भने विशेष जाति, समुदाय र क्षेत्रका व्यक्तिहरूलाई मात्र मिल्ने उल्लेख छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal