Skip to content
Prabhu

बिगमार्टमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससीटीले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT Smart Wednesday अफर सुरु गर्दै छ ।

उक्त अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी-यूपीआई  कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० रुपैयाँ हुने गरीे छुट प्राप्त गर्ने छन् । यसको लागी भुक्तानी गर्न एससीटी-यूपीआई  कार्ड प्रयोग गरी पीओएस मेसिन मार्फतनै भुक्तानी गर्नुपर्ने छ । यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागू हुनेछ ।

global
अर्घाखाँची सिमेन्ट

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआइकार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरिहत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी-यूपीआई  कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-यूपीआई  कार्ड माग गरी कार्ड प्राप्त गर्न सनिके छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal