Skip to content

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

nabil bank

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश दर घोषणा गरेको छ । कम्पनीकाले सेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime