Skip to content
Prabhu

पर्यटकीयस्थल टोड्के जोड्ने सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । मङ्गला गाउँपालिका–२ सिमबाट कोत्रवाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने १० किलोमिटर सडकको १४ वर्षपछि स्तरोन्नति सुरु भएको छ ।

सङ्घीय सरकार र मङ्गला गाउँपालिकाको चार करोड रुपैयाँ लागत साझेदारीमा यस वर्ष सडकको प्रवेश बिन्दुमा पर्ने सिम र खुम्ल्याह क्षेत्रमा फराकिलो पार्ने, पानीको निकासका निम्ति नाली, ग्यावियन पर्खाल बनाउने र ढलानको काम प्रारम्भ भएको हो । विनियोजन भएको यो आयोजना मङ्गला गाउँपालिकाको यो वर्षको सबैभन्दा ठूलो हो ।

global
अर्घाखाँची सिमेन्ट

मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार आगामी असार भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सिमचोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति थालिएको छ । सिमचोक, पातल, कुहुँ र पूर्णगाउँ क्षेत्रमा ग्यावियन जाली भर्ने र पर्खाल निर्माण धमाधम भइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal