Skip to content
Prabhu

सेयर बजार राताम्य, परिसूचक ५४ अंकले घट्दा कारोबार रकम ६ अर्बमाथि

काठमाडौं । आइतबार सेयर बजार परिसूचक उच्च अंकले घटेर कारोबार बन्द भएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक ५४ दशमलव ६२ अंकले घटेको हो । यो अघिल्लो दिनको भन्दा २.०४  प्रतिशतले कम हो।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१४ दशमलव ६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३० कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा १३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको दिन ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ०८ अंकले घटेर ४३९ दशमलव ६२ विन्दुमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

परिसूचक उच्च अंकले घटेको दिन कारोबार रकममा भने केही सुधार देखिएको छ । अघिल्लो कारोबार दिन सेयर बजारमा ४ अर्ब ५६ करोड माथिको कारोबार भएको थियो । आज भने सेयर बजारमा ३१७ कम्पनीका १ करोड २३ लाख ७१ हजार २८० कित्ता सेयर ७२ हजार २६५ पटक खरिद बिक्री हुँदा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा मिथिला लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal