Skip to content
Prabhu

सेयर बजार उच्च अंकले घटेको दिन धेरै मूल्य बढ्ने कम्पनीमा ३ डिबेन्चर, एक हाइड्रो र एक म्युचुअल फण्ड

काठमाडौं । आइतबार सेयर बजार उच्च अंकले घटेर बन्द हुँदा धेरै मूल्य बढ्ने पाँच कम्पनीमा तीन डिबेन्चर, एउटा हाइड्रोपावर र एउटा म्युचुअल फण्ड छन् । १३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको दिन धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा कुथेली बुखरी साना हाइड्रोपावर, एनएमबि ५०, आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८, एनआईशी एशिया डिबेन्चर २०८२/८३ र सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ रहेको छन् ।

आज कुथेली बुखरीको सेयर मूल्य २०९ रुपैयाँ ७५ पैसाले बढेर २ हजार ६१५ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ८.७२ प्रतिशतले धेरै हो । त्यस्तै आज एनएमबी ५० को सेयर मूल्य ०.४० रुपैयाँले बढेर १० रुपैयाँ ५५ पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ३.९४ प्रतिशतले धेरै हो ।

global
अर्घाखाँची सिमेन्ट

आज सेयर बजारमा एआईसी एफसी फाइनान्स डिबेन्चरको सेयर मूल्य ३.८९ प्रतिशत अर्थात् ४० रुपैयाँ ७० ले बढेर १ हजार ८८ रुपैयाँ पुगेको छ । त्यस्तै आज एनआईसी एसिया डिबेन्चरको सेयर मूल्य २१ रुपैयाँ ६० पैसाले बढेर १ हजार १०१ रुपैयाँ ६० पैसा पुगेको छ ।

जुन अघिल्लो कारोबार भन्दा २ प्रतिशतले धेरै हो । आज सांग्रिला डेभलपमेन्ट बैंकको डिबेन्चरको मूल्य पनि २ प्रतिशत अर्थात २१ रुपैयाँ २० पैसाले बढेर १ हजार ८१ रुपैयाँ २० पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal