काठमाडौं । अमेरिकाको ओहायोस्थित कोलम्बसमा श्रीकृष्ण प्रणामी मन्दिर निर्माणका लागि कोष संकलन अभियान सञ्चालन गरिएको छ । यस अभियानअन्तर्गत आगामी मे महिनाको २० देखि २६ तारिखसम्म श्रीमद् ब्रम्हवाणी तारतम सागर एवं श्रीमद् भागवत महापुराण सप्ताहव्यापी कार्यक्रम ओहायोको कोलम्बसमा हुने भएको श्रीकृष्ण प्रणामी मिसन इन्क (ओहायो सेन्टर) ले जनाएको छ।
यस क्षेत्रमा मन्दिर निर्माणले ओहायोमा बसोबास गर्ने श्रीकृष्ण प्रणामी समुदायका लागि स्थायी मन्दिरको आवश्यकता पूरा हुने र पूजा अर्चनाको स्थल बन्नुको साथै धर्म, संस्कृति र पहिचानलाई जोगाइराख्ने पवित्र केन्द्र बन्ने मिसनको भनाइ छ ।
यसले भावी पुस्तालाई आस्था र परम्परासँग जोड्ने पुल बन्नेछ । यस मन्दिरमा धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिहरु सञ्चालन हुनेछन् । यस कार्यलाई सार्थक बनाउन गरिने सातदिने विशेष धार्मिक कार्यक्रमको आयोजना कोलम्बसमा पहिलो श्रीकृष्ण प्रणामी मन्दिर निर्माणको सुरुवात हुनेछ । यस सप्ताहब्यापी कार्यक्रमले भक्तजनका लागि आध्यात्मिक लाभ लिने अवसर र मन्दिर निर्माणका लागि कोष संकलनमा सहयोग पुग्ने मिसनको अपेक्षा छ ।
कार्यक्रममा श्रीमद् ब्रम्हवाणी तारतम सागर चर्चा, श्रमद् भागवत महापुराण कथा, भजन– किर्तन एबम् सांस्कृतिक कार्यक्रमका साथै धार्मिक प्रवचत पनि हुनेछन् । उक्त अवसरमा प्रमूख भागवत वक्तामा नवतनपुरीधाम, जामनगर, भारतका महन्त लक्ष्मणदेव महाराज र प्रमूख वाणी वक्तामा पन्डित दिलीप शास्त्री रहने आयोजकले जनाएका छन् ।
झाँकीसहितको कलशयात्रा आगामी मे २० तारिखका दिन बिहान ८ बजे हुनेछ । मे २१– २५ सम्म बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कथा, भजन र सांस्कृतिक कार्यक्रम हुने र मे २६ का दिन पूर्णाहुति र समापन हुनेछ ।
श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदाय, ओहायो, यूएसए अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी मिसनको एक शाखा हो, जुन सन् २०१५ मा स्थापना भएको होे ।
प्रतिक्रिया दिनुहोस्