काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ । बैंकको २०७६ साल पुस १७ गतेको १३ औँ वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश कतिपय सेयरधनीले हालसम्म पनि नलिएकाले लाभांश लिन बैंकले आग्रह गरेको हो ।
बैंकले सेयरधनीलाई आगामी एक महीना भित्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमटेड (शेयर रजिष्ट्रार) मा सम्पर्क राखी बुझ्न बाँकी लाभांश बुझिलिन आग्रह गरेको हो । सभाले पारित गरेको लाभांश पाँच वर्षसम्म पनि नलिएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ।






प्रतिक्रिया दिनुहोस्